पोखरामा लागूऔषधसहित तीन जना प्रकाउ

पाेखरा | फागुन ९, २०८०

पोखरामा लागूऔषधसहित तीन जना प्रकाउ

पोखरा:     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई प्रकाउ गरेको छ  । प्रहरीले लागूऔषसधसहित तीन जनालाई हिजो (मंगलबार) कास्कीको विभिन्न स्थानबाट प्रकाउ गरेको हो । 


पोखरा महानगरपालिका–१९ बस्ने ३८ वर्षीय चन्द्राबहादुर गुरुङ र पोखरा–२९ बस्ने ३६वर्षीय सुजित गुरुङलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो । 

प्रहरीले तीन जनाको साथबाट बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी

लागूऔषध नियन्त्रण कार्यालय ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले चन्द्रा र सुजितको कोठा र साथबाट २९ एम्पुल डाईजापाम, २९ एम्पुल फेनेरागन र २९ एम्पुल नुर्फिन बरामद गरेको हो । 


प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


यस्तै प्रहरीले मंगलबार नै पोखरा महानगरपालिका–२० भलाम बस्ने ३५ वर्षीय सन्तोष नेपालीलाई ५० एम्पुल लागूऔषधसहित प्रकाउ गरेको छ । 


प्रहरीले नेपालीको साथबाट डाईजापाम ३० एम्पुल, फेनेरागन १० एम्पुल र नुर्फिन १० एम्पुल गरेर ५० एम्पुल लागूऔषध बरामद गरेको हो । 


प्रकाउ परेका नेपालीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्